सुनको भाउ ६ सय घट्यो

gold-gargahanaकाठमाडौं, भदौ २६ – केही दिनदेखि सुनचाँदीको भाउमा लगातार गिरावट आएको छ ।
सुन बुधबार तोलामा ६ सय रुपैयाँले घटेर ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेर ५८ हजार एक सय रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १३ सय ६५ दशमलव २० प्रतिशत छ । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबारमा उतारचढाव आइरहेकोले अबका दिनमा सुनको भाउ बढ्ने र घट्नेबारे भन्न नसकिने व्यवसायी तेजरत्न शाक्यले बताउनुभयो ।
बुधबार चाँदीको भाउ पनि घटेको छ । तोलामा चाँदी १५ रुपैँयाले घटेर तोलामा ९ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदीको भाउ एक हजार ५ रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Scroll To Top